काठमाडौं, माघ १३। ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको बीभत्स हत्या भएको प्रहरीले जनाएको छ।
भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको छ। दम्पतीले सञ्चालन गर्दै आएका सानो पसलमा लुटपाट गरी दुवैको हत्या गरिएको प्रारम्भिक आशङ्का प्रहरीले व्यक्त गरेको छ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्