जनता टाइम्स

१३ माघ २०८२, मंगलवार २१:४१

रवि लामिछाने अस्पताल भर्ना, गाेडाकाे  चोटमा संक्रमण बढेपछि महाराजगञ्जमा उपचार


काठमाडौं, माघ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गाेडामा चोट लागेपछि उपचारका लागि अस्पताल भर्ना हुनु भएको छ ।

माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा उहाँको गाेडामा चोट लागेको थियो । उक्त चोट बढ्दै गएर हाल संक्रमण देखिएको उहाँका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिनु भयाे ।

उहाँका अनुसार लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ । चिकित्सकको निगरानीमा लामिछानेकाे उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।