भोजपुर, माघ १४ । नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुरबाट उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूका लागि उहाँले सार्वजनिक गर्नुभएको एक भिडियो सन्देशमार्फत यस्तो धारणा राख्नुभएको हो ।
उम्मेदवार राईले भोजपुरे जनताको आवश्यकता, माग र चाहनालाई प्रतिनिधित्व गर्न पुनः एकपटक उम्मेदवार बनेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार विगतमा निर्वाचित भएपछि जिल्लामा धेरै विकास निर्माणका काम सम्पन्न भएका छन् भने केही योजना निर्माणाधीन अवस्थामा रहेका छन् ।
कतिपय विकास आयोजनाहरू अझै अधुरा र अपुरा रहेको उल्लेख गर्दै ती योजनालाई पूरा गर्न तथा समग्र भोजपुर र देशकाे विकासलाई गति दिन आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्