जनता टाइम्स

१५ माघ २०८२, बिहीबार १०:५५

काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीद्वरा लुटपाटमा संलग्न १० जना पक्राउ, नियन्त्रणमा लिन गाेली चलाइयाे


काठमाडौं, माघ १५ । काठमाडौंको मुलपानी क्षेत्रमा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना, नगदलगायतका सामान लुट्ने घटनाहरू बढेपछि विशेष टोली परिचालन गरिएको थियो। गएराति परिचालित टोलीले लुटपाटमा संलग्न १० जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ गर्ने क्रममा आवश्यक बल प्रयोग गर्नुपर्दा प्रहरीले गोलीसमेत चलाउनुपरेको जनाएकाे छ ।

प्रहरीले लुटपाटबाट पीडित भएका व्यक्तिहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। साथै घटनासम्बन्धी थप विस्तृत विवरण पछि सार्वजनिक गरिने पनि प्रहरीले जनाएको छ।