जनता टाइम्स

२० माघ २०८२, मंगलवार १२:२१

दोलखामा कांग्रेसको चुनावी घरदैलो अभियान सुरु, उम्मेदवार अजयबाबु शिवाकोटीद्वारा महाकाल मन्दिरमा दर्शन गरेर प्रचार थालनी 


चरिकोट, माघ २० । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले चुनावी प्रचार अभियान सुरु गरेको छ।

दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले सोमबारदेखि आफ्नो चुनावी घरदैलो कार्यक्रम सुरु गर्नुभएको हो। उहाँले भीमेश्वर नगरपालिकास्थित महाकाल मन्दिरको दर्शन गर्दै अभियानको औपचारिक थालनी गर्नुभएको छ।

शिवाकोटीले भीमेश्वर नगरपालिका–५ बाट मतदाता भेटघाटको कार्यतालिका अघि बढाउनुभएको छ। घरदैलोका क्रममा मतदाताले उहाँलाई स्वागत गर्दै स्थानीय समस्या र आवश्यकताबारे अवगत गराएको दोलखा कांग्रेसले जनाएको छ।

उम्मेदवार शिवाकोटीले आफू जनताको प्रतिनिधि भएर दोलखाका समस्या समाधानका लागि चुनावी मैदानमा आएको बताउँदै स्थानीयका समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ।