काठमाडौं, मंसिर १९
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज १९ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । हिजोसम्म नेपालले २९ स्वर्ण, १५ रजत र २५ कास्य पदकसहित दोस्रो स्थानमा छ ।
पदक तालिकामा भारत शिर्ष स्थानमा उक्लिएको छ । काठमाडौं र पोखरामा जारी सागअन्तर्गतका विभिन्न खेलमा आज विभिन्न स्वर्ण पदकको छिनोफानो हुनेछ । आज क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बिच भलिबल, भारोत्तोलन र उसुमा प्रतिस्पर्धा हुनेछ । क्रिकेटमा पुरुषतर्फ नेपाल भुटानसँग भिड्दैछ । सोही मैदानमा दिउँसो १ बजे श्रीलंका र माल्दिभ्स भिड्नेछन् ।
माल्दिभ्सले श्रीलंका यू–२३ संग खेल्ने छ । त्यस्तै पोखरामा हुने महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । सागको महिला फुटबलमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ । दिउसो २ बजे हुने खेल पोखरा रंगशालामा हुनेछ । यसअघि श्रीलंकाविरुद्ध १–० कोे गोल अन्तरले विजयी नेपाल माल्दिभ्सविरुद्ध सहज जितको खोजीमा हुनेछ । सागको पुरुष फुटबलतर्फ भुटान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ ।













प्रतिक्रिया दिनुहोस्