दमक, फागुन ५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली आज झापाको दमक क्षेत्रमा दिनभर चुनावी कार्यक्रमहरूमा सहभागी हुनुहुने भएको छ।
निर्वाचन लक्षित कार्यक्रमअन्तर्गत अध्यक्ष ओलीले दमक नगरपालिकाका विभिन्न वडामा स्थानीय नागरिकसँग भेटघाट तथा प्रत्यक्ष संवाद गर्नुहुने कार्यक्रम तय गरिएको छ।
कार्यक्रमअनुसार बिहान साढे ११ बजेदेखि १२ बजेसम्म वडा नम्बर ३ को दुम्से चोक टुकुरेमा उहाँ सहभागी हुनुहुनेछ। त्यसपछि १२:२० बजेदेखि १ बजेसम्म वडा नम्बर ८ को संगम चोकस्थित कृष्ण मन्दिर नजिक धनपति मैनालीको घरमा आयोजना गरिने कार्यक्रममा उहाँको सहभागिता रहनेछ।
निर्वाचन परिचालन समितिअन्तर्गतको मिडिया परिचालन उपसमिति संयोजक इन्द्र भण्डारीका अनुसार दिउँसो १:२० बजेदेखि २ बजेसम्म वडा नम्बर १० को सूर्य चोकमा कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, २:२० बजेदेखि ३ बजेसम्म गुम्बा चोक र मुना चोक क्षेत्रमा तथा ३:२० बजेदेखि ४ बजेसम्म किराँत चोकमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
आजको भ्रमणका क्रममा अध्यक्ष ओलीले स्थानीय कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको उहाँको निर्वाचन कमाण्डर देवेन्द्र दाहालले जानकारी दिनुभयो।













प्रतिक्रिया दिनुहोस्