काठमाडौं, फागुन ५ । खोटाङको केपिलासगढी गाउँपालिकामा पछिल्लो राजनीतिक घटनाक्रमले नयाँ समीकरणको सङ्केत गरेको छ।
पूर्वगाउँपालिका अध्यक्ष कृष्णकुमार राई कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि सोही भूगोलका प्रभावशाली युवा नेता माइतीराज राईसहित १ सय १५ जनाको टोली एमालेमा प्रवेश गरेसँगै पार्टी पुनः सक्रिय बनेको बताइएको छ। स्थानीय तहमा प्रभाव राख्ने युवा पुस्ताको संगठित प्रवेशले पार्टी संरचनालाई पुनः चलायमान बनाएको छ। विशेष गरी माइतीराज राईको सक्रियता र संगठन क्षमताका कारण केपिलासगढी क्षेत्रमा एमालेको जनआधार विस्तार हुने अपेक्षा गरिएको छ।
एमालेले पछिल्लो प्रवेशलाई ‘संगठन सुदृढीकरण अभियान’ को हिस्सा बताएको छ । यसले आगामी निर्वाचनको मिति नजिकिँदै जाँदा केपिलासगढीको राजनीतिक सरगर्मी थप बढ्ने सङ्केत देखिएको छ।













प्रतिक्रिया दिनुहोस्