काठमाडौं, फागुन ८ । दाङको तुलसीपुरमा रवि लामिछानेका समर्थकले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाएको घटना प्रति एमाले महासचिव शङ्कर पोखरेलले कडा आपत्ति जनाउनु भएको छ ।
पोखरेलले झण्डा जलाएर एमालेका आस्था र सम्मानमा चोट लगाएको बताउनुभएको छ । यस्ता तत्त्वलाई जनताले अस्वीकार गर्नु पर्नेमा उहाँले जोड दिनुभएको छ । ‘अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन्, झण्डा जलाएर अरूको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन सक्दैनन्, यस्ता तत्त्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन्’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
बिहीबार राति लामिछानेको स्वागतका लागि भेला भएका रास्वपाका समर्थकहरूले ‘सूर्य’ चिन्ह अङ्कित एमालेको झण्डा जलाउँदै नाराबाजी गरेका थिए। घटनाका क्रममा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध समेत उनीहरूले नाराबाजी गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्