काठमाडौं, फागुन १० । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले निर्वाचन अनुगमनको लागि २३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई देशभर खटाउने भएको छ । सशस्त्रले सोमवारदेखि एसएसपीको कमाण्डमा अनुगमनमा खटाइने जानकारी दिएको हो ।
उपत्यकाबाट खटिन लागेका अधिकृतलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका एसएसपीलाई भर्चुअल माध्यमबाट आइतवार सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यायले विशेष निर्देशन दिनुभयो । अर्यालले निर्वाचनको समय अगावै, निर्वाचको समय र निर्वाचन पश्चातको समयमा आउनसक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन निर्देशन दिनुभएको सहायक प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताउनु भयो ।
आइजीपी अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरु आइपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरु र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिनुभएको उहाँको भनाई छ । निर्वाचनको समयमा सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कामण्डरसँग समन्वय, सबै उम्मेदवारसँग सम्पर्कमा रहन तथा फिल्डमा भएका कमीकमजोरी र तत्काल गर्नुपर्ने कामबारे जतिसक्दो छिटो मुख्यालयमा जानकारी गराउन पनि आइजीपी अर्यालले निर्देशन दिनुभएको छ ।
यस्तै सीमा क्षेत्रको अनुगमन, निर्वाचनको समयममा बल प्रयोग गर्नु परेमा मानवअधिकारको संरक्षण र पूर्ण पालना गर्दै बल प्रयोगको समयमा आवश्यक प्रमाण राख्न समेत अर्यालले निर्देशन दिनुभयो । निर्वाचन बिथोल्न खोज्नेहरुको पहिचाहन गरी सोही अनुसारको रणनीति बनाउन र कानून अनुसारको बल प्रयोग गर्न मातहत सबै तहका कमाण्डरलाई स्पष्ट हुन पनि उहाँले स्पष्ट निर्देशन दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्