जनता टाइम्स

१३ फाल्गुन २०८२, बुधबार १५:०९

थुनामुक्तिपछि दुर्गा प्रसाईंको आह्वान : सर्वपक्षीय सहमति गरेर मात्र चुनाव गराैँ


काठमाडौं, फागुन १३।  नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान राजनीतिक प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वपक्षीय सहमति कायम नगरी निर्वाचनमा जान नहुने धारणा राख्नु भएकाे छ ।

आज थुनामुक्त भएसँगै उहाँले संवैधानिक संशोधनका मूल विषयमा व्यापक सहमति जुटाएर मात्र सर्वपक्षीय सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको हो । उहाँले राजसंस्थासहितको हिन्दु अधिराज्य पुनःस्थापना, संघीयता तथा प्रदेश संरचना खारेजजस्ता विषयमा संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो। ती विषयलाई स्पष्ट निष्कर्षमा पुर्‍याएर मात्र चुनावमा जानुपर्ने उहाँको तर्क छ। उहाँले राष्ट्रिय एजेण्डामा साझा धारणा नबनाई चुनाव गर्नु उचित नहुने बताउनुभयाे ।

देशभन्दा ठूलो केही नहुँने बताउँदै उहाँले आफू देशको पक्षमा निरन्तर बोलिरहने बताउनुभयो। देश र राष्ट्रिय अस्मिताको सवालमा आवाज उठाउँदा थुनिनुपरे पनि स्वीकार्य हुने उहाँको भनाइ छ।