सिन्धुली, फागुन १३ । हरिहरपुरगढी गाउँपालिका–५ भलखडामा आयोजित नेकपा (एमाले) को निर्वाचन प्रचार कार्यक्रममा पाँच जना स्थानीय अगुवा एमालेमा प्रवेश गर्नुभएको छ।
पार्टी प्रवेश गर्नेहरूमा शुक्रबहादुर वाइवा, कुलबहादुर वाइवा, मंगले राई, राजेश्वर राई र दिलबहादुर राई रहनुभएको छ। उहाँहरूलाई नेकपा (एमाले) का पूर्व केन्द्रीय सदस्य कमलजंग राई तथा जिल्ला सचिव नवराज थिङले अविर लगाई पार्टीमा स्वागत गर्नुभएको हाे।
नवप्रवेशीहरूले देशमा राजनीतिक स्थिरता, विकास र समृद्धिको स्पष्ट दृष्टिकोण अघि सारेको भन्दै एमाले रोजेको बताउनुभएको छ। स्थानीय कार्यकर्ताहरूले पार्टी प्रवेशसँगै भलखडा क्षेत्रमा एमालेप्रति आकर्षण बढ्दै गएको दाबी गरेका छन्।













प्रतिक्रिया दिनुहोस्