काठमाडौं, फागुन १४। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगको समय थप हुनु अत्यन्तै गलत र आपत्तिजनक कार्य भएको टिप्पणी गर्नुभएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले चुनावअघि नै सार्वजनिक हुनुपर्ने प्रतिवेदन ढिला गरेर सरकारको नियत नै गलत रहेको प्रष्ट भइसकेको बताउनु भयो ।
जाँचबुझ आयोगको प्रतिवेदन समयमै आउनुपर्ने उहाँको भनाइ छ । ‘आयोगको प्रतिवेदन समयमा नै आउनुपर्थ्यो । एकपटक सार्यो त्यो मान्न सकिने कुरा हो । गर्दागर्दै भ्याइएन होला । दुईपटक पनि मोटामोटी त्यस्तै पर्यो कि भन्न सकिने कुरा हो,’ दाहालले भन्नुभयो, ‘तर तीनपटक र अझ अब चुनावपछि भन्ने कुरा गलत भएको छ । दोषी ठहर गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्थ्यो । ढिलासुस्ती गर्ने र समय सारेर चुनावपछि गर्ने कुरा विल्कुल सही भएको छैन ।’
उहाँले आयोगको प्रतिवेदन चुनावपछि किन लगियो भन्ने कुरा निकै गम्भीर रहेको बताउनु भयो ।
दाहालको भनाई जस्ताको तस्तै
आयोगको प्रतिवेदन समयमा नै आउनुपर्थ्यो । एकपटक सार्यो त्यो मान्न सकिने कुरा हो । गर्दागर्दै भ्याइएन होला । दुईपटक पनि मोटामोटी त्यस्तै पर्यो कि भन्न सकिने कुरा हो । तर तीनपटक र अझ अब चुनावपछि भन्ने कुरा गलत भएको छ । दोषी ठहर गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्थ्यो । ढिलासुस्ती गर्ने र समय सारेर चुनावपछि गर्ने कुरा विल्कुल सही भएको छैन ।













प्रतिक्रिया दिनुहोस्