जनता टाइम्स

२० फाल्गुन २०८२, बुधबार १०:११

प्रतिनिधिसभा निर्वाचनमा ६ प्रकारका परिचयपत्रबाट मतदान गर्न पाइने


काठमाडौं, फागुन २० । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा मतदाताले ६ प्रकारका आधिकारिक परिचयपत्र देखाएर मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।

निर्वाचनमा सहभागी हुन मतदाता नामावलीमा नाम समावेश भएको अनिवार्य शर्त रहेको छ। नाम समावेश भएका मतदाताले तल उल्लेखित कागजातमध्ये कुनै एकको आधारमा मतदान गर्न सक्ने जनाइएको छ।

मतदानका लागि मान्य परिचयपत्रहरू यसप्रकार छन् :

१. मतदाता परिचयपत्र
२. नागरिकताको प्रमाणपत्र
३. राष्ट्रिय परिचयपत्र
४. राहदानी
५. सवारीचालक अनुमतिपत्र
६. जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)

मतदाता नामावलीमा नाम भएका नागरिकले माथिका कागजातमध्ये कुनै एक साथमा लिएर सम्बन्धित मतदान केन्द्रमा उपस्थित भएमा मतदान गर्न पाउनेछन्।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र व्यवस्थित बनाउन परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य गरिएको जनाइएको छ। मतदातालाई मतदान केन्द्रमा जाँदा अनिवार्य रूपमा परिचयपत्र साथमा लैजान अनुरोध गरिएको छ।