काठमाडौ, फागुन २२। ओखलढुङ्गा जिल्लामा मतगणना सुरु गर्ने तयारी स्वरूप सर्वदलीय बैठक बोलाइएको छ। मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाका अनुसार आज बिहान १० बजे सर्वदलीय बैठक बस्ने तय गरिएको छ।
मुख्य निर्वाचन अधिकृत कोइरालाका अनुसार जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइसकेका छन्। ‘सबै मतपेटिका आइसकेको छ, १० बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुन्छ,’ उहाँले जानकारी दिनुभयो।
सर्वदलीय बैठकमा मतगणनाको प्रक्रिया, प्रतिनिधिहरूको व्यवस्था, सुरक्षा तथा अन्य व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ। बैठक सम्पन्न भएपछि औपचारिक रूपमा मतगणना सुरु गरिने तयारी गरिएको छ।
मतदान सम्पन्न भइसकेपछि मतपेटिका सदरमुकाम ल्याइएपछि अब सबैको ध्यान मतगणनाको परिणामतर्फ केन्द्रित भएको छ। सर्वदलीय बैठकपछि मतगणनाको औपचारिक प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्