चितवन(३ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम अहिसम्मकै सर्वाधिक मतका साथ बिजयी बन्नुभएको छ । एक लाख ३ मत खसेको चितवन–३ मा गौतम ५९ हजार २ सय ७७ मतका साथ विजयी हुनुभएको हो ।
नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा गौतम ३८ हजार ६ सय ६२ मतान्तरसहित निर्वाचित हुनुभएको हो । चितवन ३ मा नेपाली कांग्रेस र नेकपा एमालेले भने जमानत पनि जोगाउन सकेनन् ।
नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मतका साथ तेस्रो भए भने नेकपा एमालेका शंकरराज थपलिया ५ हजार ४ मत पाउनुभएको छ । गुरुङ र थपलिया दुबैको जमानत जफत भएको छ । यस्तै राप्रपाका उम्मेदवार दिपक थापा मगरले १ हजार २ सय २६ मत मात्रै ल्याउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्