काठमाडौं, फागुन २३ । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका हालसम्म ११ जना उम्मेदवार विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको छ।
निर्वाचन परिणामअनुसार मनाङबाट टेकबहादुर गुरुङ, मुस्ताङबाट योगेश गौचन थकाली, तेह्रथुमबाट सन्तोष सुब्बा र रसुवाबाट मोहन आचार्य विजयी हुनुभएको छ।
त्यस्तै जाजरकोटबाट खड्गबहादुर बुढा, डोटीबाट भरतबहादुर खड्का, दैलेख–१ बाट बासना थापा तथा सुर्खेत–१ बाट विष्णुबहादुर खड्का निर्वाचित हुनुभएको छ।
यसैगरी अछाम–१ बाट भरतकुमार स्वाँर, कपिलवस्तु–३ बाट अभिषेकप्रताप शाह र पाल्पा–१ बाट सन्दिप राना विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएको छ।
देशका विभिन्न स्थानमा मतगणना जारी रहेकाले आगामी परिणामसँगै अन्य निर्वाचन क्षेत्रको नतिजा पनि क्रमशः सार्वजनिक हुने बताइएको छ।













प्रतिक्रिया दिनुहोस्