जनता टाइम्स

२४ फाल्गुन २०८२, आईतवार ०९:३०

प्रतिनिधिसभा निर्वाचन: १२५ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा ९८ सिटसहित अग्रस्थानमा


काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १२५ क्षेत्रको नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ९८ सिट जित्दै पहिलो स्थानमा पुगेको छ।

आयोगका अनुसार हालसम्म सार्वजनिक परिणामसँगै मतगणना जारी रहेका क्षेत्रमध्ये २७ स्थानमा रास्वपाका उम्मेदवारले अग्रता कायम गर्नुभएको छ।

नेपाली कांग्रेसले हालसम्म १४ सिट जितेको छ भने ३ स्थानमा अग्रता कायम रहेको छ। नेकपा एमालेले ७ सिट जितेको छ भने ३ स्थानमा अगाडि रहेको आयोगको विवरणमा उल्लेख छ। त्यस्तै नेकपाले ४ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट र स्वतन्त्र उम्मेदवारले १ सिट जितेको आयोगले जनाएको छ।

रास्वपाबाट हालसम्म निर्वाचित उम्मेदवारहरूको विवरण यसप्रकार छः

१. कोशी प्रदेश

१. निशा डाँगी – झापा १
२. इन्दिरा राना मगर – झापा २
३. प्रकाश पाठक – झापा ३
४. शम्भुप्रसाद ढकाल – झापा ४
५. बालेन्द्र साह – झापा ५
६. यज्ञमणि न्यौपाने – मोरङ १
७. कृष्णकुमार कार्की – मोरङ २
८. गणेश कार्की – मोरङ ३
९. सन्तोष राजवंशी – मोरङ ४
१०. आशा झा – मोरङ ५
११. रुविना आचार्य – मोरङ ६
१२. अशोककुमार चौधरी – सुनसरी ३
१३. सूर्यबहादुर तामाङ – उदयपुर २

२. मधेश प्रदेश

१. बब्लु गुप्ता – सिरहा १
२. सिताराम साह – सप्तरी ४
३. तपेश्वर यादव – सिरहा ४
४. मनिष झा – धनुषा ३
५. राजकिशोर महतो – धनुषा ४
६. प्रमोदकुमार महतो – महोत्तरी १
७. दिपककुमार साह – महोत्तरी २
८. नितिमा भण्डारी – सर्लाही १
९. रविन महतो – सर्लाही २
१०. नरेन्द्र साह कलवार – सर्लाही ३
११. अमरेशकुमार सिंह – सर्लाही ४
१२. राजेशकुमार चौधरी – रौतहट १
१३. गणेश पौडेल – रौतहट ४
१४. गणेश धिमाल – बारा १
१५. चन्दनकुमार सिंह – बारा २
१६. अरबिन्द साह – बारा ३
१७. रहवर अन्सारी – बारा ४
१८. बुद्धिप्रसाद पन्त – पर्सा १
१९. सुशीलकुमार कानु – पर्सा २
२०. रामाकान्तप्रसाद चौरसीया – पर्सा ३
२१. टेकबहादुर शाक्य – पर्सा ४

३. बागमती प्रदेश

१. जगदीश खरेल – दोलखा
२. धनेन्द्र कार्की – सिन्धुली १
३. आशिष गजुरेल – सिन्धुली २
४. आशिका तामाङ – धादिङ १
५. वोधनारायण श्रेष्ठ – धादिङ २
६. अच्युत्तम लामिछाने – नुवाकोट २
७. रञ्जु न्यौपाने – काठमाडौं १
८. सुनिल केसी – काठमाडौं २
९. राजुनाथ पाण्डे – काठमाडौं ३
१०. पुकार बम – काठमाडौं ४
११. सस्मित पोखरेल – काठमाडौं ५
१२. गणेश पराजुली – काठमाडौं ७
१३. विराजभक्त श्रेष्ठ – काठमाडौं ८
१४. डोलप्रसाद अर्याल – काठमाडौं ९
१५. प्रदीप विष्ट – काठमाडौं १०
१६. रुकेश रञ्जित – भक्तपुर १
१७. राजीव खत्री – भक्तपुर २
१८. बुद्धरत्न महर्जन – ललितपुर १
१९. तोसिमा कार्की – ललितपुर ३
२०. मधुकुमार चौलागाईँ – काभ्रे १
२१. मदनकुमार भण्डारी – काभ्रे २
२२. भरतप्रसाद पराजुली – सिन्धुपाल्चोक १
२३. हरि ढकाल – चितवन १
२४. रवि लामिछाने – चितवन २
२५. सोविता गौतम – चितवन ३

४. गण्डकी प्रदेश

१. धर्मराज केसी – लमजुङ
२. खडकराज पौडेल – कास्की १
३. उत्तमप्रसाद पौडेल – कास्की २
४. बिना गुरुङ – कास्की ३
५. स्वर्णिम वाग्ले – तनहुँ १
६. श्रीराम न्यौपाने – तनहुँ २
७. धनञ्जय रेग्मी – स्याङ्जा
८. राजन गौतम – नवलपरासी १
९. मनिष खनाल – नवलपरासी २
१०. सुशील खड्का – बागलुङ १
११. सोम शर्मा – बागलुङ २
१२. सागर भुसाल – पर्वत

५. लुम्बिनी प्रदेश

१. सागर ढकाल – गुल्मी १
२. गोविन्द पन्थी – गुल्मी २
३. माधवबहादुर थापा – पाल्पा
४. हरिप्रसाद भुसाल – अर्घाखाँची १
५. सुनिल लम्साल – रुपन्देही १
६. सुलभ खरेल – रुपन्देही २
७. डा. लेखजंग थापा – रुपन्देही ३
८. कन्हैया बनिया – रुपन्देही ४
९. तौफिक अहमद खान – रुपन्देही ५
१०. मोहनलाल आचार्य – कपिलवस्तु १
११. विक्रम थापा – कपिलवस्तु २
१२. सुशान्त वैदिक – प्युठान
१३. विपीनकुमार आचार्य – दाङ २
१४. कमल सुवेदी – दाङ ३
१५. सुरेशकुमार चौधरी – बाँके १
१६. खगेन्द्र सुनार – बाँके ३
१७. विक्रम खनाल – नवलपरासी (पश्चिम) १
१८. नरेन्द्रकुमार गुप्ता – नवलपरासी (पश्चिम) २

६. कर्णाली प्रदेश

१. रमेशकुमार सापकोटा – सुर्खेत २

७. सुदूरपश्चिम प्रदेश

१. कोमल ज्ञवाली – कैलाली १
२. जगतप्रसाद जोशी – कैलाली ३
३. खेमराज कोइराला – कैलाली ४
४. आनन्दबहादुर चन्द – कैलाली ५
५. ताराप्रसाद जोशी – डडेलधुरा
६. जनकसिंह धामी – कञ्चनपुर १
७. ज्ञानेन्द्रसिंह महता – कञ्चनपुर ३

निर्वाचन आयोगका अनुसार बाँकी निर्वाचन क्षेत्रको मतगणना जारी रहेकाले थप परिणाम सार्वजनिक हुने क्रम जारी रहनेछ।