काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी हुनुभएको छ। यो जितसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक खाता खोल्न सफल भएको छ।
सो पार्टीका महासचिवसमेत रहनुभएका राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्