जनता टाइम्स

१ चैत्र २०८२, आईतवार १६:११

नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सांसदको नाम टुंगो लगायो


काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ २० जना सांसदको नाम टुंगो लगाएको छ ।

आज बसेको बैठकले १५ महिला र ५ पुरुष गरी २० जना सांसदको नाम अन्तिम रूपमा चयन गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फ २० सिट प्राप्त गरेको छ । उक्त सिटअनुसार विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी सांसद छनोट गरिएको बताइएको छ ।

प्रवक्ता चालिसेका अनुसार आदिवासी जनजाति क्लस्टरबाट ६ जना, खसआर्यबाट ६ जना तथा थारू, दलित, मधेशी, मुस्लिम र पिछडिएको समुदायबाट कुल ५ जना सांसद चयन गरिएको छ ।

काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम फाइनल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका ६२ सांसद हुनेछन्।

त्यसका लागि कांग्रेसले समानुपातिकमा १५ जना महिला उम्मेदवार छान्नुपर्ने र त्यसै बमोजिम गरिएको हो।

आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको गरेर कुल ५ जना सांसदको चयन गरिएको छ। प्रस्तावित यी नाम उपर निर्वाचन आयोगले क्लस्टरवाइज रूजु गरेपछि केही मिलाउनुपर्ने भए फेरबदल हुनसक्ने छ।

नेपाली कांग्रेस पार्टीको तर्फबाट २० जना समानुपातिक सांसद:

क. खसआर्य कोटाबाट
१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी

ख. आदिवासी जनजाति कोटाबाट
७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे

ग. मधेशी कोटाबाट
१३.निनुकुमारी कर्ण
१४.रेखाकुमारी यादव
१५.चन्द्रमोहन यादव

घ. दलित कोटाबाट
१६.हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली

ङ.थारू कोटाबाट
१९. प्रमिलाकुमारी गच्छदार

च. मुस्लिम कोटाबाट
२०.शाहजान खातुन