काठमाडौं, चैत ३ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पितृशोकमा रहनु भएका पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ।
राष्ट्रपति पौडेल आज भक्तपुरस्थित ओली निवास गुण्डुमा पुगेर ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको स्वर्गीय मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। उहाँले शोकसन्तप्त परिवारजनसँग भेटेर धैर्य र साहसको कामना गर्नुभएको छ।

उपराष्ट्रपति यादवले पनि शोकसन्तप्त अध्यक्ष ओली र परिवार प्रति आफ्नो समवेदना प्रकट गर्दै स्वर्गीय आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले कठिन घडीमा परिवारलाई साथ र सान्त्वना आवश्यक रहेको उल्लेख गर्दै सदैव सहानुभूतिशील रहेको बताउनुभएको छ।
राष्ट्रपति र उपराष्ट्रपतिले स्वर्गीय मोहनप्रसादको योगदान र परिवारप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय राजनीतिमा उहाँको पारिवारिक आधार र योगदानको महत्त्व पनि स्मरण गर्नुभएको छ । उहाँहरूले माेहनप्रसादकाे फाेटाेमा पुष्पगुच्छा अर्पण गर्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्