जनता टाइम्स

४ चैत्र २०८२, बुधबार १५:५९

निर्वाचन परिणामले समाजमा ‘नकारात्मकता’ बढायाे : केपी ओली


भक्तपुर, चैत ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामले समाजमा राजनीतिक, सांस्कृतिक तथा सामाजिक रूपमा विचलन ल्याएको बताउनुभएको छ।

स्वर्गीय बुबा मोहनप्रसाद ओलीको काजक्रियामा रहनुभएका अध्यक्ष ओलीलाई भेट्न तथा समवेदना व्यक्त गर्न प्रेस चौतारी नेपालका प्रतिनिधिहरू भक्तपुरस्थित गुण्डु निवासमा पुगेका बेला उहाँले पछिल्लो प्रवृत्तिले समाजलाई नकारात्मक दिशातर्फ उन्मुख गरिरहेको धारणा व्यक्त गर्नुभयाे ।

पत्रकारहरूसँगको भेटमा अध्यक्ष ओलीले आधुनिक प्रविधिको प्रयोगले मानिसको सोच्ने शैलीमा समेत असर पारिरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘हामी आफ्नै दिमागभन्दा बढी मोबाइलको दिमागले चलिरहेका छौँ’, उहाँले भन्नुभयाे ।

उहाँले सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण समाजमा गम्भीर विषयहरूभन्दा सतही गतिविधि हाबी हुन थालेको बताउनुभयाे ।