जनता टाइम्स

४ चैत्र २०८२, बुधबार २१:१९

खाँबो चिथोर्न बन्द गरौँ,  नयाँ सरकारलाई तीन महिना : गोकुल बाँस्काेटा 


काठमाडौं, चैत ४ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले नयाँ सरकार गठनपछिको प्रारम्भिक अवधिमा अनावश्यक आलोचना नगर्न आग्रह गर्नुभएको छ।

नयाँ बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारप्रति लक्षित गर्दै उहाँले कम्तीमा तीन महिनासम्म काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँका अनुसार निर्वाचनमा जनताले जसलाई रोजे, सरकार चलाउने जिम्मेवारी पनि उसैको हुने भएकाले सुरुवाती चरणमै आलोचना गर्नु उपयुक्त नहुने बताउनुभयो। ‘रास्वपाले चुनाव जित्यो, अब चलाउँछन् कसरी भन्ने कुरा उनीहरूकै हो,’ उहाँले भन्नुभयो, ‘नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरूले केही बोल्नु नै बेकार हो।’

उहाँले जनताले सधैँ साझा स्वार्थ र अपेक्षा राख्ने उल्लेख गर्दै यसपटक मतदाताले रास्वपालाई रोज्नुको कारण उनीहरूले प्रस्तुत गरेका बाचा भएको बताउनुभयो। ‘जनता साझा थिए, छन् र हुने नै छन्,’ उहाँले भन्नुभयो, ‘फरक यत्ति हो, यसपटक आम जनताको रोजाइमा उनीहरू परे, उनका बाचा जनताले पत्याए।’

यससँगै उहाँले राजनीतिक दलहरूलाई आपसी आरोप–प्रत्यारोप र विवादमा अल्झिनु भन्दा संयमित हुन सुझाव दिनुभयो। ‘खाँबो चिथोर्न बन्द गरे हुने,’ उहाँको भनाइ थियो।