जनता टाइम्स

६ चैत्र २०८२, शुक्रबार १८:३४

 प्रधानमन्त्री सुशीला कार्कीको  धार्मिक भ्रमण : जनकपुर पुगेर जानकी मन्दिरको दर्शन 


काठमाडौं, चैत ६ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि धार्मिक यात्रामा निस्कनुभएकी प्रधानमन्त्री सुशीला कार्की आज जनकपुर पुग्नुभएको छ ।

जनकपुर पुगेपछि उहाँले प्रसिद्ध जानकी मन्दिरमा पूजाअर्चना गर्दै देशको शान्ति, समृद्धि र स्थायित्वका लागि कामना गर्नुभएको छ ।

उहाँको यो भ्रमणलाई सत्ता हस्तान्तरणअघि धार्मिक आस्था प्रदर्शनसँगै जनसम्पर्क सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ । सो क्रममा उहाँले स्थानीयवासी तथा सरोकारवालासँग पनि भेटघाट गर्नुभएको थियो ।

यसअघि उहाँले पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक गर्नुभएको थियो भने रारा तालको समेत भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री कार्कीले देशका विभिन्न स्थानको भ्रमण गर्दै आफ्नो कार्यकालको अन्तिम चरणमा जनतासँग प्रत्यक्ष संवाद बढाउने योजना अघि बढाउनुभएको जनाइएको छ ।