जनता टाइम्स

९ चैत्र २०८२, सोमबार ०८:३९

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले चैत ११ गते शपथ लिने, चैत १२ मा अन्य सांसदलाई शपथ गराउने 


काठमाडौं, चैत ९ । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले चैत ११ गते बुधबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ। उहाँले सो दिन बिहान ११:१५ बजे शीतल निवासमा रामचन्द्र पौडेलबाट शपथ लिनुहुने कार्यक्रम तय गरिएको छ।

नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद बन्नु भएका केसीले राष्ट्रपतिबाट शपथ लिएपछि चैत १२ गते अन्य सांसदहरूलाई शपथ गराउने कार्यतालिका रहेको छ। सांसदहरूको शपथ भने सिंहदरबारमा हुनेछ। यसका लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा आवश्यक संरचना तयारी गरिरहेको जनाएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईतिहाइ नजिकको सिट प्राप्त गरेको छ। सोही पार्टीका वरिष्ठ नेता बालेन साह प्रधानमन्त्री बन्नुहुने बताइएको छ।