जनता टाइम्स

१० चैत्र २०८२, मंगलवार ११:२०

रामेछापमा जेठानको कुटाइबाट ज्वाइँको मृत्यु, फरार वृद्ध पक्राउ


रामेछाप, चैत १० । रामेछाप जिल्लाको दोम्बा शैलुङ गाउँपालिका–४ मा आफ्नै ज्वाइँको हत्या गरी फरार रहेका एक वृद्धालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार हिजो सोमबार ससुरालीमा पुगेका ज्वाइँ  ६० वर्षिय प्रेमबहादुर तामाङकाे बाटोमा हिँड्दै गरेका बेला ६० वर्षीय जेठान वीरबहादुर तामाङले गरेकाे प्रहार  मृत्यु भएको हो। घटनापछि फरार रहेका वीरबहादुरलाई मंगलबार बिहान सोही वडाको खारपानी भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख भोला कुमार भट्टले जानकारी दिनुभयो।

प्रारम्भिक अनुसन्धानका क्रममा ठूलो विवाद नदेखिएको प्रहरीले जनाएको छ। ‘ससुरालीमा दाजुभाइबीच सामान्य पारिवारिक विवाद रहेको र कसको घरमा जाने, कसकोमा नजाने भन्ने विषयमा झगडा हुँदा ससुराले हातैले प्रहार गर्दा ज्वाइँको ज्यान गएको देखिन्छ,’ डीएसपी भट्टले भन्नुभयो।

प्रहरीका अनुसार ज्यान मार्ने स्पष्ट नियत नदेखिए पनि घटनामा प्रेमबहादुरको मृत्यु भएको छ। पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।