कपिलवस्तु, चैत १० । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा रहेको एक मन्दिरमा मुस्लिम समुदायका केही युवाद्वारा गरिएको तोडफोडको घटनापछि उत्पन्न विवाद चर्किँदै गएपछि लगाइएको निषेधाज्ञा आजबाट हटाइएको छ ।
शनिबारदेखि निरन्तर तीन दिनसम्म लागू गरिएको निषेधाज्ञा आज बिहान ९ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभएको छ ।
निषेधाज्ञा हटाइएपछि जिल्ला सदरमुकाम तौलिहवामा जनजीवन सामान्य बन्दै गएको छ । विगत दुई दिनदेखि बन्द रहेका तौलिहवा क्षेत्रका बैङ्क तथा वित्तीय संस्था र विद्यालयहरू आजदेखि पुनः सञ्चालनमा आएका छन् ।
त्यसै गरी, जिल्लाका विभिन्न क्षेत्रमा सार्वजनिक यातायातका साधनहरू पनि नियमित रूपमा सञ्चालनमा आएको जनाइएको छ । प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्