जनता टाइम्स

११ चैत्र २०८२, बुधबार १०:३९

मितको एकताले जनताकाे विश्वास आर्जन गर्न सकिँदैन, संगठन पुनर्गठन र नयाँ नेतृत्व आवश्यक : गोकुल बास्कोटा


काठमाडौं, चैत ११। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता गोकुल बास्कोटा ले पुनः उठ्न थालेको वाम एकताको बहसप्रति असन्तुष्टि जनाउँदै संगठन सुदृढीकरण र नयाँ नेतृत्व निर्माणमा जोड दिनुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै फेरि वाम एकताको ‘राग’ चल्न थालेको टिप्पणी गर्नुभएकाे छ। जनताले मत दिएर सरकार गठन हुने चरणमा पुगेको बेला केही व्यक्तिहरूले अनावश्यक बहस सिर्जना गरेर राजनीतिक वातावरण ‘फोहर’ बनाएको उहाँको भनाइ छ।

बास्कोटाले वर्तमान अवस्थामा आन्दोलनको पुनर्जागरणसँगै संगठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माणतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएकाे छ। उहाँले सतही वा ‘मितको एकता’ ले जनतामा विश्वास आर्जन गर्न नसक्ने स्पष्ट पार्नुभएकाे छ ।

उहाँले विगतका अनुभवले देखाइसकेको भन्दै कृत्रिम वा अवसरवादी एकताभन्दा संगठनात्मक सुदृढीकरण र स्पष्ट राजनीतिक दिशा नै अहिलेको प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ ।