काठमाडौं, चैत ११। नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। पछिल्लो केही दिन लगातार घटिरहेको सुनको मूल्य आज भने उच्च दरले बढेर कारोबार भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार छापावाल सुनको मूल्य एकैदिन १४ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार प्रति १० ग्राम २ लाख ३४ हजार ८२५ रुपैयाँ रहेको सुनको मूल्य बुधबार बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ।
यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ।













प्रतिक्रिया दिनुहोस्