जनता टाइम्स

१२ चैत्र २०८२, बिहीबार १४:२७

नवनिर्वाचित सांसदहरूको शपथ सम्पन्न, ज्येष्ठ सदस्य केसीले गराउनुभयो शपथ  


काठमाडौं, चैत १२। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उहाँहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले शपथ गराउनुभएको हो।

यसअघि ज्येष्ठ सदस्य केसीले भने राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो।

नवनिर्वाचित सांसदहरूको शपथसँगै सरकार गठनको औपचारिक कामकारबाहीको बाटो खुलेको छ । अब नयाँ सरकार बने पछि सो सरकारले प्रतिनिधि सभा बैठक आह्वान गर्ने छ ।