काठमाडौं, चैत १२। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै उक्त प्रतिवेदन चरम लापरबाहीपूर्ण, चरित्र हत्या गर्ने तथा घृणाको राजनीति झल्काउने खालको रहेको बताउनुभएको छ।
उहाँले आयोग अत्यधिक पूर्वाग्रही भएर प्रतिवेदन सार्वजनिक गरेको बताउँदै यसलाई ‘निन्दनीय, खेदजनक र अस्वीकार्य’ रहेको उल्लेख गर्नुभयो। अध्यक्ष ओलीका अनुसार उक्त प्रतिवेदनमार्फत एमाले पार्टी र स्वयम् उहाँमाथि लक्षित प्रहार गरिएको देखिन्छ।
उहाँले आयोग गठनकै समयमा यस्तो प्रकारको पूर्वाग्रही प्रतिवेदन आउने आशंका व्यक्त गरिएको स्मरण गराउँदै अहिले सोहीअनुरूपको निष्कर्ष सार्वजनिक भएको बताउनुभयो।
अध्यक्ष ओलीले पछिल्ला घटनाक्रममा भइरहेको मानवीय क्षतिप्रति पनि प्रश्न उठाउँदै जिम्मेवारी निर्धारणबारे स्पष्टता आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ‘अहिले पनि मानिसहरूको ज्यान गइरहेको छ, त्यसको जिम्मा कसले लिने ? कति जनाको मृत्यु भएपछि प्रधानमन्त्री जिम्मेवार ठहरिने र कति हुँदा नठहरिने भन्ने स्पष्ट हुनुपर्छ।’
उहाँले न्यायिक तथा सुरक्षा निकायमा उच्च पदमा कार्य गरिसकेका व्यक्तिहरू संलग्न भएर तयार गरिएको प्रतिवेदन नै यति निराधार देखिनु गम्भीर विषय भएको बताउनुभयो। अध्यक्ष ओलीले प्रतिवेदन तयार गर्ने क्रममा पर्याप्त अध्ययन, तथ्य विश्लेषण र जिम्मेवारीबोधको अभाव देखिएको टिप्पणी गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्