जनता टाइम्स

१४ चैत्र २०८२, शनिबार ०८:४५

पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्छ, ओलीलाई तत्काल रिहा गर’ : शंकर पोखरेल


काठमाडौं, चैत १४। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गए राति पक्राउ भएका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभएको छ।

पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीतिले मुलुकका लागि महँगो हुने चेतावनी दिनुभएको छ। ‘पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ, जिम्मेवार बन, अविलम्ब रिहा गर !’, उहाँले भन्नुभएकाे छ।

उहाँले यस कदमलाई लोकतान्त्रिक मूल्य–मान्यतामाथि आक्रमणको रूपमा व्याख्या गर्दै पार्टी अध्यक्षलाई अविलम्ब रिहा गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भदौ २३ र २४ को घटनामा व्यक्ति हत्याको मुद्दामा अनुसन्धान गर्ने भन्दै सरकारले गए राति पक्राउ गरेको छ ।