जनता टाइम्स

१६ चैत्र २०८२, सोमबार २०:३६

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन चैत १९ गते दिउँसो २ बजे आह्वान


काठमाडौं, चैत १६ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा अधिवेशन बोलाइएको हो।

मन्त्रिपरिषद्काे आजकाे बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो।

आगामी अधिवेशनमा समसामयिक राजनीतिक विषय, विधेयकहरू तथा सरकारका नीति तथा कार्यक्रम र बजेट माथि छलफल हुने छ।