जनता टाइम्स

१७ चैत्र २०८२, मंगलवार १८:१५

एमाले प्रदर्शनमा लुगा खोलेर ‘आओ.. आओ..’ भन्दै भिड्ने पत्रकार सुरज खड्काको प्रेस पास निलम्बन प्रक्रिया अघि


काठमाडौं,  चैत १७ ।प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्का सञ्चालक रहेको अनलाइन एनपीएलप्रेस डटकम सूचीकरणबाट हटाएको छ ।
काउन्सिलले उक्त अनलाइन मिडियालाई कालोसूचीमा राखेर काउन्सिलको सूचीकरणबाट हटाएको हो ।

काउन्सिलले उक्त अनलाइन मिडियालाई कालोसूचीमा राख्दै सूचीकरण खारेज गरेको हो। साथै, पत्रकार सुरज खड्का को प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभाग मा पत्राचारसमेत गरेको जनाएको छ।

काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंह का अनुसार गत फागुन ८ गतेको निर्णयअनुसार उक्त अनलाइनलाई अवज्ञाकारी तथा कालोसूचीमा राखी सूचीकरणबाट हटाइएको हो।

हालै एमालेको एक कार्यक्रममा सुरज खड्काले लुगा खोलेर “आओ, आओ” भन्दै कार्यकर्तासँग भिड्न खोजेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उहाँ थप विवादमा तानिनुभएको थियो। भिडियोमा उहाँले “एक–एक गर्दै भिड्ने” अभिव्यक्ति दिएको देखिएको थियो।

यसअघि पनि नेपाल प्रेस सँग नाम जुध्नेगरी एनपीएल प्रेस नामक अनलाइन दर्ता गरी पाठकलाई झुक्याउने, विभिन्न विद्यालय, वडा कार्यालय तथा निजी प्रतिष्ठानमा पुगेर धम्की दिने गरेको आरोप उहाँमाथि लागेको थियो।

प्रेस काउन्सिलका अनुसार क्यामेरा बोकेर अनुमति बिना निजी तथा सार्वजनिक कार्यालयमा प्रवेश गरी दुर्व्यवहार गरेको उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

यसैबीच, एमालेले ओली पक्राउ प्रकरणलाई संसद्मा जोडदार रूपमा उठाउने तयारी गरिरहेको जनाएको छ, जसले आगामी संसदीय बैठकमा राजनीतिक बहस थप चर्किने संकेत गरेको छ।