काठमाडौं, चैत १७ । काठमाडौं जिल्लाका तत्कालीन सीडीओ छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको छ । मंगलबार बिहान पक्राउ परेका रिजाललाई केहीबेर अघि हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो ।
नेपाल सरकारका सहसचिव रिजाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो । काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार सरकारी वकिल कार्यालयसँगको परामर्शपछि रिजाललाई हाजिरी जमानीमा छाडिएको हो ।













प्रतिक्रिया दिनुहोस्