काठमाडौं, चैत २२ । प्रतिनिधि सभा बैठक आज बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ।
आजको बैठकको मुख्य कार्यसूचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। संघीय संसद् सचिवालयका अनुसार अर्यालको उम्मेदवारी एकल परेकाले उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित हुने निश्चित भइसकेको छ।
शुक्रबार उम्मेदवारी दर्ता प्रक्रियामा अर्याल एक्लै उम्मेदवार बनेपछि सभामुख पदमा उहाँको निर्विरोध चयन सुनिश्चित भएको हो। आजको प्रतिनिधिसभा बैठकमा ‘डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ पेश गरिने सम्भावित कार्यसूची रहेको छ।
अर्यालको उम्मेदवारीका प्रस्तावक रास्वपाका सभापति तथा सांसद रवि लामिछाने रहनु भएकाे छ। प्रस्तावका समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहनु भएकाे छ ।













प्रतिक्रिया दिनुहोस्