काठमाडौं, चैत २३ । नेपाली काङ्ग्रेसका सांसद शिवराज भट्ट सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले उहाँलाई मन्त्रीमा नियुक्त गर्दै सोसम्बन्धी जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराइसक्नुभएको छ । उक्त मन्त्रालय असार महिनादेखि रिक्त रहेकाले त्यसको जिम्मेवारी मुख्यमन्त्री शाहले स्वयं सम्हाल्दै आउनुभएको थियो।
बैतडी प्रदेशसभा क्षेत्र नं. २ बाट निर्वाचित भट्टलाई नेपाली काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले मन्त्री बनाउने निर्णय गरेको थियो।













प्रतिक्रिया दिनुहोस्