जनता टाइम्स

२४ चैत्र २०८२, मंगलवार ११:२७

बालेन सरकारको उत्कृष्ट काम : मन्त्रीपत्नीदेखि विदेशी नागरिकलाई दिन थालियो नियुक्ति धमाधम


काठमाडौं, चैत २४ । नातावाद र कृपावाद कायम गरेर पुराना दलले देश बर्वाद बनाएको भन्दै नयाँको नारा दिएर चुनाव जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले भोट हाल्ने मतदातालाई नै चकित पार्ने निर्णय धमाधम गर्न थालेको छ ।

नराम्रो कामजति अरुतिर, अरुले गरेको राम्रा कामजति आफूतिर हाल्न माहिर रास्वपाले पुराना दलले कहिल्यै सोच्न पनि नसक्ने काम १० दिनमै गरेर भोट हाल्नेहरुलाई नै चकित पारिदिएको हो ।नेपालको हितको लागि कोही नेपाली नभेटेर बेलायतका नागरिकलाई महान्यायाधिबक्ता बनाएको बालेन सरकारले मन्त्रीकै श्रीमतीलाई नियुक्ति दिएर नातावाद र कृपावादलाई नियुक्ति योग्यताको पहिलो मापदण्ड बनाएको छ ।

रास्वपा सभापति रवि लामिछानेले योग्यलाई छान्नका लागि राजनीतिक नियुक्ति पाएका सार्वजनिक निकायका पदाधिकारीलाई स्वेच्छाले पद छाडेर मार्ग प्रशस्त गर्न संसदबाटै आह्वान गरिरहेको बेला बालेन सरकार भने धमाधम नातेदार सबैभन्दा योग्य रहेको मापदण्ड सार्वजनिक गर्न थालेको हो ।

यही सन्देश दिन बालेन सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपककुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा जवर्जस्ती नियुक्ति दिनुभएको छ ।

 

यो कामले सरकारको सुशासन, पारदर्शिता र योग्यता आधारित नियुक्ति भन्ने नारा नै बलात्कृत भएको छ । कानूनतः नियुक्ति गर्न नमिल्ने ब्यक्तिलाई मन्त्रीको पत्नी भएकै आधारमा मात्रै नियुक्त गरिएको छ ।

स्वास्थ्य बीमा ऐनअनुसार कुनै सदस्य निरन्तर तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः निलम्बन हुन्छ । सोही व्यवस्थाअनुसार यसअघि निलम्बनमा पर्नुभएकी श्रेष्ठलाई मेहताले पुनः सोही पदमा नियुक्त गर्नुभएको हो ।

श्रेष्ठ काम नगर्ने असुली गर्ने पदाधिकारीको रुपमा बिमा बोर्डमा परिचित हुनुहुन्छ । सोही कारण यसअघि नै निलम्बनमा पर्नुभएको थियो । तर बालेन सरकारले कानूनभन्दा माथि नातेदार भन्ने कुरालाई आत्मसाथ गरेको हो ।