काठमाडौं, चैत २६। नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष एवं प्रतिनिधिसभा दलका नेता रामबहादुर थापा “बादल” का पछिल्ला अभिव्यक्तिप्रति पार्टीभित्र पुनः विवाद बढेको छ। पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै बादलले उपाध्यक्ष विष्णु पौडेलमाथि कडा टिप्पणी गरेपछि पौडेल समूहले प्रतिकारको स्वर उठाएको हो।
सो समूहका नेता खीमलाल भट्टराईले सार्वजनिक अभिव्यक्तिमा बादल कार्यवाहक अध्यक्ष बन्न पनि अयोग्य भएको औँल्याउँदै, उहाँको जिम्मेवारीबारे पार्टी अध्यक्ष र सचिवालयले पुनः विचार गर्नुपर्ने बताउनुभएको छ । भट्टराईले भन्नुभएकाे छ, ‘वास्तवमा मलाई दुख लाग्यो, पार्टीको आजको खलबलिएको अवस्थामा नेतृत्व लिनु भएका मुख्य जिम्मेवारको अवस्था यो छ, उहाँले न पार्टीको अवस्था न दृष्टिकोण दुवै बुझेको देखिएन, फस्टम्यानको पगरी धान्न नसक्ने पक्का भयो, कार्यवाहक र दलको नेताको जिम्मेवारी दिनु हुने आदरणीय पार्टी अध्यक्ष कमरेड र सचिवालयका कमरेडहरूले बेलैमा सोच्नुहोस्।’
‘हाम्रो पार्टीको नीति र स्कुलिङका विरुद्धको भाषा, शैली र दृष्टिकोण पेश गर्नु एमालेका लागि अनुकूल छैन, “कब्जा”, “आक्रमण”, “दुस्मन” जस्ता शब्दावली हाम्रो पार्टीको होइन, हामी शान्तिपूर्ण संघर्षबाट विजय सुनिश्चित गर्छौँ, दुस्मनीबाट होइन’, उहाँकाे धारणा छ ।
उहाँले बादलको अभिव्यक्तिप्रति व्यक्तिगत रूपमै पनि आश्चर्य व्यक्त गर्दै भन्नुभएकाे छ, ‘उहाँमा युद्धकालीन भाषा, शैली र चिन्तन प्रवृत्ति देखियो, व्यक्तिगत रूपमा उहाँलाई म भद्र र सैद्धान्तिक चेत भएको नेता मान्थेँ, तर आज देखेपछि सोच्न बाध्य भएँ कि उहाँ पुरानो शैलीमा हो कि, हालको अवस्था गलत बुझिएको हो।’













प्रतिक्रिया दिनुहोस्