काठमाडौं, चैत २५ । नेकपा एमालेका नेता खीमलाल भट्टराईको माग तीन घण्टामै पूरा भएको छ ।
पोखरामा बुधवार दिएको अभिब्यक्तिलाई लिएर उपाध्यक्ष बिष्णु पौडेलका खम्बा मानिने नेता भट्टराईले आज बिहानै उपाध्यक्ष रामबहादुर थापा बादललाई दिइएको कार्यबहाक अध्यक्ष पद खोख्नुपर्ने बताउनु भएको थियो । सरकारले प्रतिशोधपूर्ण रुपमा गिरफ्तार गरर हिरासतमा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मुद्धा चलाउने कानूनी आधार छैन भन्दै प्रहरी र सरकारी वकिलको अडानको कारण रिहा हुनुभएसँगै बादलको पद खोसिएको हो ।
अध्यक्ष ओलीले आफू हिरासतमा रहदाँसम्मका लागि बरिष्ठतामा पहिलो नम्बरमा रहनुभएका उपाध्यक्ष बादललाई कार्यबहाक अध्यक्ष दिनुभएको थियो । अध्यक्ष ओलीको रिहाइसँगै बादलको कार्यबहाक अध्यक्ष पद सकिएको छ । सरकारले गत चैत १४ गते बिहानै एमाले अध्यक्ष ओलीलाइृ ज्यान मुद्धामा पक्राउ गरेर हिरासतमा राखेको थियो । पक्राउ लगत्तै ओलीको स्वास्थ्य अवस्था ठीक नरहेको देखिएपछि त्रिबि शिक्षण अस्पतालमा राखिएको थियो ।
पित्तथैलीको अप्रेशननै गर्नुपर्ने देखिएको कारण उहाँ अझै अस्पतालमै उपचार गराइरहनुभएको छ । उपचारकै क्रममा सरकारी वकिलको कार्यालय र प्रहरीले गौरबहादुर कार्कीको हावा प्रतिवेदनको सिफारिशको आधारमा तात्कालिन प्रधानमन्त्री र गृहमन्त्रीबिरुद्ध ज्यान मुद्धा लगाउने काम आफूहरुले नगर्ने र कानूनी आधार नभएको प्रष्ट बटमलाइन सुनाएपछि २४ घण्टासम्म रन्थनिनुभएका गृहमन्त्री सुधन गुरुङ आज बिहान होसमा आउनु भएको हो ।
बेलायती पिआरधारी रहनुभएका महान्यायाधिबक्ता डा. नारायणदत्त कँडेलले समेत कानूनभन्दा बाहिर गएर अदालतमा मुद्धा लैजाने काम सरकारकै लागि गम्भीर प्रत्युत्पादक हुने चेतावनी दिएर चिसो पानी खन्याएपछि गृहमन्त्री संबिधान र कानूनअनुसार जान सहमत भएसँगै सरकारी वकिल कार्यालयले पत्र दिएर हाजिरी जमिानीमा छाडन भनेको थियो ।













प्रतिक्रिया दिनुहोस्