काठमाडौं, वैशाख १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई ‘खिल निकाल्ने वर्ष’ को रूपमा सांकेतिक व्याख्या गर्नु भएकाे छ ।
उहाँले यस वर्ष केही दुःख र चुनौतीहरू आउन सक्ने भएकाले ती परिस्थितिलाई सहन सक्ने शक्ति आवश्यक पर्ने बताउनुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस वर्षलाई परिवर्तन र पीडासँग जोडिएको वर्षका रूपमा चित्रण गर्नुभएको हो । सांकेतिक रूपमा आफ्नो धारणा व्यक्त गर्दै उहाँले केही कठिनाइ सहेर अघि बढ्नुपर्ने सन्देश दिनुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् । हाम्रो तर्फबाट धेरै शुभकामना ।’
सभापति लामिछाने नयाँ वर्ष २०८३ मा आउने सम्भावित चुनौती, संघर्ष र परिवर्तनलाई संकेत गर्नु भएकाे छ । उहाँले सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै कठिन परिस्थितिलाई धैर्य र साहसका साथ सामना गर्न आग्रह गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्