काठमाडौं, बैशाख ८ । बिचौलियासँग ब्यापारिक साझेदारी र सम्पत्ति लुकाएको गम्भीर आरोप लागेका गृहमन्त्री सुधन गुरुङसँग प्रधानमन्त्री बालेन शाहले लिखित स्पष्टीकरण लिनुभएको छ ।
सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको, सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ब्यापारिक साझेदारी रहेको र निरन्तर ‘कनेक्सन’ जोडिएको बिषय बाहिर आएपछि गृहमन्त्री गुरुङसँग प्रधानमन्त्रीले लिखित स्पष्टिकरण लिनुभएको हो ।
गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको दावी गर्दैआउनु भएको छ । प्रधानमन्त्री शाहले सो बिषयमा चासो लिएपछि गृहमन्त्री गुरूङले लिखित स्पष्टीकरण बुझाएको हो ।सचिवालयका अनुसार गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाउनु भएको छ ।
प्रधानमन्त्री बालेनले शेयरमा लगानीको स्रोत र भट्टसँगको साझेदारी तथा सम्पत्ति बिवरण लुकाएको बिषयलाई सामान्य रुपमा लिन नसकिने जनाउ गृहमन्त्री गुरुङलाई गराइसकेको समेत प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
गृहमन्त्री गुूङले आफ्नो स्पष्टीकरणमा ’ऋण लिएर सेयर किनेको’ दाबी गरे पनि त्यसअघि दुईवटा कम्पनीको नाम आफ्नो सम्पत्ति विवरणमा खुलाउनु भएको थिएन । प्रमाणसहित समाचार सार्वजनिक भएपछि मात्रै यस्तो जानकारी गराउनु भएको छ । गृहमन्त्री सुधनले ऋण लिएको कपाली तमसुक सावृजनिक गर्दा पनि झनै आशंका थपिएको छ ।
’मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ । उक्त तमसुक अनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो। अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,’ फेसबुकमार्फत सार्वजनिक प्रष्टिकरणमा गृहमन्त्री सुधनले भन्नुभएको छ । तर कपाली तमसुक बैंकमा पैसा जम्मा भएको चार महिनापछि प्रमाणिकरण गरिएको छ ।
गृहमन्त्री सुधनले बैंक खातामा पैसा जम्मा गरेको ४ महिनापछि कपाली तमसुक गरेको पाइएको छ । यो प्रमाणले ऋण लिएको कपाली तमसुक किर्ते देखाउँछ। सार्वजनिक गरिएको लिखत अनुसार ऋण लिएको मितिः २०८०/०१/२६ गते ९त्यो दिन खातामा पैसा पठाएको देखिन्छ । तर लिखत बनेको मिति भने चार महिनापछि २०८०?०४?२१ देखिन्छ । तर सुदनको फेसबुक प्रष्टिकरणमा आएको लिखतको मिति सम्पति विवरणमा ऋणको बारेमा उल्लेख गरिएको छैन।













प्रतिक्रिया दिनुहोस्