जनता टाइम्स

१४ बैशाख २०८३, सोमबार १४:०१

अध्यादेश ल्याउँदै बालेन सरकार


काठमाडौं,  वैशाख  १४ । सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो ।सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको स्रोतले जानकारी दिएको छ ।संवैधानिक परिषद् लगायतका अध्यादेश ल्याउन लागिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए ।तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गर्नुभएको थियो ।