काठमाडौं, बैशाख १५ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनप्रति कडा आक्रोश पोख्नुभएको छ ।
सुकुम्वासी बस्तीमा डोजर चलाएर प्रधानमन्त्री बालेनले चरम अपराध गरेको भन्दै हर्क आक्रोशित हुनुभएको हो । उहाँले भन्नुभएको छ , जस्ले भस्मे खोरिया फाँडेर यो भूमिमा पहिलो मानव बस्ती बसाए उसैलाई सुकुम्बासी बनाएर लखेट्ने तिमी को हौं ???’
प्रधानमन्त्री बालेनले शनिवार र आइतवार काठमाडौं उपत्यकाको चार सुकुम्वासी बस्तमिाडोजर चलाएर खाली गराउनु भएको थियो । बस्ती खाली गराउँदा असहाय र निमुखा जनतामाथि चरम ज्याद्धती भएको हर्कको आरोप छ ।
ती बस्ती खाली गराउँदा अहिलेसम्म ९३६ परिवारका २९ सय ५५ जना सरकारको सम्पर्कमा आएकामा आएका छन । जसमक्ये ५ सय ५५ मात्रै सरकारको व्यवस्थापनमा आश्रम र होटेलमा बसेका छन ।
उनीहरुले सक्दो छिटो स्थायी ठाउँमा सार्न माग पनि गरेका छन । यो बिषयले हर्कले प्रधानमन्त्री बालेन पदमा रहन योग्य नरहेको र सरकार पुरै असफल भएको भन्दै बिकल्प खोज्न रास्वपालाई आग्रह पनि गरिसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्