काठमाडौं, वैशाख १५। त्रिभुवन विश्वविद्यालयमा आज संयुक्त विद्यार्थी संगठनहरूले विभिन्न नारासहित प्रदर्शन गरेका छन्।
शैक्षिक संस्थामा हुने छात्रा हिंसाको विरोध गर्दै उनीहरूले ‘शैक्षिक संस्थाहरूमा हुने छात्रा हिंसा विरुद्ध एकजुट बनौँ’, ‘क्याम्पसहरू सुन पसल होइनन्’, ‘विश्वविद्यालयमा प्रहरी होइन, प्राध्यापक पठाऊँ’, ‘ओइ सरकार ओइ, विद्यालय शिक्षा विधेयक खोइ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
विद्यार्थी संगठनहरूले शिक्षा क्षेत्रमा देखिएका विकृति र बेथितिको अन्त्य गर्न तथा सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।














प्रतिक्रिया दिनुहोस्