जनता टाइम्स

१७ बैशाख २०८३, बिहीबार १३:०५

बहुमत–अल्पमत जे-जस्ताे भए पनि संविधानविपरीत कानुन बन्न सक्दैन : गोकुल बास्कोटा


काठमाडौं, वैशाख १७। गोकुल बास्कोटाले बहुमत वा अल्पमत जे जस्तो सरकार भए पनि संविधानविपरीत कानुन बनाउन नसकिने स्पष्ट पार्नुभएको छ।

उहाँले आफ्नो धारणा सार्वजनिक गर्दै कुनै पनि कानुनी प्रक्रिया संविधानसम्मत हुनुपर्नेमा जोड दिनुभयो। ‘जतिसुकै दुईतिहाइ बहुमत वा अल्पमतको सरकार होस्, संविधानको बर्खिलाफ हुने गरी कानुन बन्न सक्दैन,’ उहाँले उल्लेख गर्नुभएको छ।

बास्कोटाले उद्देश्य राम्रो भए पनि प्रक्रिया संविधानसम्मत नभए त्यसको औचित्य नरहने बताउनुभयो। ‘उद्देश्य राम्रो भए पनि प्रक्रिया संविधानसम्मत हुनै पर्छ, कुरो यही हो,’ उहाँले भन्नुभएको छ।

उहाँले पुराना अभ्यासका आधारमा अघि बढेकाहरूले अन्ततः वास्तविकता बुझ्ने उल्लेख गर्दै नयाँ शक्तिहरूले पनि ढिलोचाँडो त्यसको अनुभव गर्ने धारणा व्यक्त गर्नुभयो। ‘पुरानाहरू अन्तिम सूचीमा पुगिसके, नयाँले पनि ढिलोचाँडो थाहा पाउँछन्,’ उहाँको भनाइ छ।

सामाजिक सञ्जालमार्फत व्यक्त गरिएको उहाँको यो धारणा पछिल्लो समय कानुन निर्माण प्रक्रिया र संवैधानिक मर्यादाबारे चलिरहेको बहससँग जोडेर हेरिएको छ।