काठमाडौं, बैशाख १७। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।
रास्वपा सरकारलाई काम गर्न सहज होस् भनेर उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष खड्गबहादुर केसी र रजिष्टार केदारप्रसाद रिजालले बिहीवारराजीनामा दिनुभएको हो ।
आफूहरू कक्षाकोठामा रमाउने प्राध्यापक भएकाले नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएको उहाँहरुको भनाई छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले हालै सिफारिस गरेको अध्यादेशमा पनि पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको र सत्तारुढ दलका कतिपय नेताको पनि त्यस्तै आशय देखिएपछि पदाधिकारीले बिहीबारराजीनामा पठाइएको हो ।
केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त हुनुभएको थियो अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्