जनता टाइम्स

२० बैशाख २०८३, आईतवार १७:४०

बालेन सरकारलाई राष्ट्रपतिको झड्‌का : संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता


काठमाडौं, बैशाख २० । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ ।

राष्ट्रपति पौडेलले आइतबार यस्तो निर्णय लिनुभएको हो ।यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक जे कारण देखाएर फिर्ता गर्नुभएको थियो, अहिले पनि त्यही कुरा उठाएर पुनर्विचारका लागि फिर्ता गर्नुभएको हो ।

राष्ट्रपति पौडेलको यो निर्णयले दुई तिहाइ नजिकको बालेन साह नेतृत्वको सरकारलाई ठूलो झड्का लागेको छ ।