जनता टाइम्स

२१ बैशाख २०८३, सोमबार १८:३२

सभामुखद्वारा  दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल, छिटो संसद् अधिवेशन बोलाउने माग 


काठमाडौं, वैशाख २१ । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले संसद् प्रभावकारी बनाउने विषयमा दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्नुभएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यालयमा आज भएको छलफलमा सदनको कामकाजलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित बहस भएको सहभागीहरूले बताएका छन्।

बैठकमा दलका प्रमुख सचेतक र सचेतकहरू साझा उद्देश्यका आधारमा सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँहरूले संसद् रोकेर अध्यादेश ल्याउन ठिक नभएको बताउनुभएको थियो ।

छलफलमा संसद् अधिवेशन चाँडै बोलाउनुपर्ने विषय उहाँहरूले उठाउनु भएको थियो। उक्त विषयमा सभामुख अर्यालले भोलिसम्म निर्णय हुने जवाफ दिनुभएको छ ।

संसद् अधिवेशन कहिले बोलाउने भन्नेबारे अन्योल कायम रहेका बेला सभामुखले दलहरूसँग छलफल  अघि बढाउनुले अब संसद् बैठक बस्ने सम्भावना बढेको छ । सङ्घीय संसदकाे बजेट अधिवेशन सुरु हुन ढिला भइसकेको छ । सरकार भने अधिवेशन रोकेर अध्यादेश ल्याइरहेको छ ।