काठमाडौं, वैशाख २२ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतमा जुट्न आग्रह गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकारलाई ‘असफल डोजरे सरकार’को संज्ञा दिनुभएको हो। विशेषगरी रोशी खोलामा आएको बाढीपछि यातायात साधन र यात्रीहरू समस्यामा परिरहेका बेला सरकारको ध्यान प्रभावकारी उद्धारतर्फ केन्द्रित नभएको प्रति उहाँको आक्रोश छ ।
अध्यक्ष साम्पाङले जनधनको क्षति हुन लागेकाे अवस्थामा पनि सरकार सुकुम्वासी बस्ती हटाउने कार्यमै केन्द्रित रहेको भन्दै प्रश्न गर्नुभएको छ-‘भइरहेको बस्ती भत्काएर मान्छे मार्ने काममा व्यस्त तिम्रो ध्यान सुकुम्वासी बस्ती भत्काउनेमा मात्रै ?’
उहाँले प्राकृतिक विपद्का बेला राज्यले प्राथमिकता बदल्नुपर्ने भन्दै जनताको जीवन रक्षा पहिलो दायित्व भएको उल्लेख गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्